सञ्चार सचिव अर्यालद्वारा पदबहाली
वि.सं.२०७८ साउन २८ बिहीवार १६:२६
shares

gjlgo'Qm ;~rf/ ;lrj cof{n kbef/ ;DxfNb} sf7df8f}F, @* ;fpg M;~rf/ tyf ;""rgf k|ljlw dGqfnosf gjlgo''Qm ;~rf/ ;lrj 8f a}s''07 cof{n laxLaf/ dGqfnodf sfo{ef/ ;DxfNb} . tl:a/ M rGb|snf If]qL÷/f;;
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा.अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले आम जनताको जीवन पद्धतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरे । उनले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।विसं २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका सचिव डा अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादनकार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले आमसञ्चार, दूरसञ्चार र चलचित्र क्षेत्रमा मन्त्रालयले सम्पादन गर्दै आएका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे अवगत गराउँदै योग्य, अनुभवी र कुशल व्यक्तित्वलाई सचिव पाउँदा मन्त्रालयले अझ प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा वरिष्ठ अधिकृतहरुले सचिव डा.अर्यालको कार्यकालको सफलताको कामना गरेका थिए । गरिसकेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हालेका छन् ।





























