विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

7.83K
shares

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक÷राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083