अर्घाखाँचीमा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु
वि.सं.२०७८ साउन ३० शनिवार १२:००
6.62K
shares
shares

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो । पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट पहिरो आएपछी पुरिएका थिए । प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।































