अन्तत; फुट्यो नेकपा एमाले
वि.सं.२०७८ भदौ २ बुधवार १७:०२
shares

नेकपा एमालेका माधब समुह एमाले पार्टिबाट अलग भएको छ । ओली समुहको अराजक कार्यशलीको बिरोध गर्दै आएको माधब नेपाल समुह पार्टिबाटै अलग भएको हो । पार्टिभित्रैको कलह र लामो समयको अन्र्तबिरोधपछि नेकपा एमाले विभाजित भएको छ । नेकपा एमाले समाजवादी दल दर्ताका गर्नका लागि माधवकुमार नेपाल समूहका नेताहरु आज निर्वाचन आयोगमा पुगेका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए । त्यस अनसार यो समूहका नेताहरु आयोग पुगेका छन् ।
नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् । कमिटीमा ९५ सदस्यीय केन्द्रीय रहनेछन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।































