विद्युतीय धरापमा परी बर्दियामा ३ जनाको मृत्यु
वि.सं.२०७८ असोज २ शनिवार ०९:५४
4.6K
shares
shares

गएराति धान खेतमा बँदेल लगायतको जंगली जनावर धपाउन बिछाएको विद्युतीय धरापमा (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परि मृत्यु भएको वर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।
‘हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो’ , एसपी कार्कीले भने, ‘धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई हामीले नियन्त्रणमा लिएका छौं ।’






























