प्रदेश-२ मा खुद्रा विकास भइरहेको छ : उपेन्द्र यादव

11.69K
shares
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा खुद्रा विकास भइरहेको बताएका छन् । यो खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन नसक्ने उनको भनाइ छ ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश-२ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले एकीकृत योजना बनाउनुपर्ने बताए ।ऐतिहासिक, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको यो प्रदेशमा पर्यटक भित्र्याउने सम्भावना धेरै रहेको उनले बताए। प्रदेशभरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन उनले प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा सहभागी रहेका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार पर्यटन प्रवर्द्धन लागि हरेक पक्षसँग सहकार्य गर्न तयार रहेको बताए ।

पर्यटन प्रवर्द्धनको लागी प्रदेशका मुख्य धार्मिक तथा एतिहाँसिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरि सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने राउतले बताए ।

कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको अभाव हुन नदिने बताए ।


unigloble collage
baneshwor multiple campus ad -2083