कांग्रेस अधिवेशनः टोखामा बिमली, नागार्जुनमा गौतम

5.49K
shares

नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन् । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भए । टोखामा ११ वडा रहेका छन् ।
यस्तै, कंाँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय भएका हुन्। उनका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।

काठमाडौँका पालिकामा शनिबार पालिका अधिवेशन घोषणा गरेपनि शनिबार दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083