सापटी रकम नदिएपछि श्रीमती नै उठाए, भने,‘पैसा लिएर आइज, तेरो बूढी लैजा’

8.92K
shares

आफूले सापटी लिएको रकम नदिएको झोंकमा एक जनाले अर्काकी श्रीमती उठाएका छन्।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए।

त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ। बन्धक बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage