रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

6.72K
shares

रोजगारीको लागि युरोपेली देश पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको कोटेश्वरमा रहेको युनिवल्र्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडा मैतिदेवी बस्ने बाग्लुङ गल्कोटका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही घर भइ ललितपुरको हरिसिद्धी बस्ने २४ वर्षीय समीर कार्की रहेको प्रहरीले जनाएको छ ।

वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइदिन्छु भन्दै चार जनाबाट जनही १० लाखका दरले रकम मागी ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुले पीडितलाई मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने प्रलोभन देखाएका थिए ।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय युरोपेली देशमा पनि वैदेशिक रोजगारीमा पठाउने नाउँमा ठगी गर्ने र ठगिने क्रम बढेकाले सबै कुरा बुझेर मात्र पैसा बुझाउन प्रहरीले आग्रह गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083