टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित
वि.सं.२०७८ माघ १० सोमवार ०९:०८
8.36K
shares
shares

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ।
अस्पतालबाट जारी एक विज्ञप्तिअनुसार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो।
अस्पतालले आइतबार यसबारे विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो।



















