“नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” को संयोजकमा सुबास केसी चयन
वि.सं.२०७९ वैशाख १० शनिवार ०९:३९
shares

पछिल्लो समय स्थानिय चुनाबी माहोलको चर्चा परिचर्चा रहेको छ । यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका नेता तथा स्थानिय चुनाबका उम्मेद्वारहरुको प्रचार प्रसारमा खटिएका छन् । स्थानिय चुनाबमा आफ्नो पकट बनाउन आफ्नो नेतालाई जिताउन लागी परेको हामी देख्न सक्छौं ।
सबैले आ-आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउनुका लागी गठबन्धन गर्ने कि नगर्ने भन्ने हानथाप गरेको पनि देख्न सकिन्छ । कतिपय कांग्रेसी नेताहरु त एक्लै चुनाबमा होमिने र गठबन्धन नगर्ने मुडमा रहेको कुरा सामाजिक सञ्जालमा देख्न पाईन्छ ।
त्यस्तै नेेपाली कांग्रेस, स्थानिय तह निर्वाचन लुम्बिनी प्रदेश प्रचार-प्रसार समितिको मिती २०७९ चैत्र २८ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक प्रचण्ड विक्रम न्यौपानेले नेपाली कांग्रेस प्रदेश सदस्य सुवास केसीको संयोजकत्वमा सांस्कृतीक संघका केन्द्रीय महामन्त्री दुर्गा रायमाझी सल्लाहकार रहनेगरी “नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” गठन गरेका छन् ।
“नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” मा निम्न ब्यक्तिहरुलाई चयन गरिएको खबर प्राप्त भएको छ ।

















