लेखराज भट्टले प्रचण्डलाई गरे निवासमा भव्य स्वागत
वि.सं.२०७९ चैत २६ आइतवार १२:०३
7.42K
shares
shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका १ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।
पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।



















