बढुवा सिफारिसमा एसपी नान्तीराज गुरुङको असन्तुष्टि

4.2K
shares

काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिसप्रति एक दाबेदार अधिकृतले असन्तुष्टि जनाएका छन् । एसपी नान्तीराज गुरुङले बढुवा समितिद्वारा शुक्रबार साँझ सार्वजनिक सूचीमा आफू अन्यायमा परेको भन्दै असन्तुष्टि जनाएका छन् । उनी अहिले कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

ब्याचीहरू बढुवामा पर्दा आफ्नो नाम नियतवश छुटाइएको उनको दाबी छ । कार्यसम्पादन मूल्यांकनको आधारमा सिफारिस गरेको भनिएपनि निष्पक्ष र स्वच्छरूपमा नभएको गुरुङले बताए । उनले आफ्नो र सूचीमा रहेकाहरूको कासमु सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् ।

बढुवा असन्तुष्टिबारे मुक्ति खबरलरकाे जिज्ञासामा उनले भने, ‘कार्यसम्पादन मूल्यांकन फाराममा मैले गरेका कामहरू बुँदागतरूपमा भरेर पेश गरेको छु । उहाँहरूले पनि त्यस्तै फाराम बुझाउनुभएको छ। बढुवा समितिले सार्वजनिक गरेका १८ जना र मेरो कासमु विवरण सक्छ भने बाहिर ल्याओस् । यो त सरासर अन्याय भयो ।’
५६ सालमा इन्सपेक्टरबाट सेवा प्रवेश गरेकाहरू आइतबारको बढुवा सिफारिस सूचीमा परेका हुन् । सोही ब्याचीका गुरुङ २०७५ माघमा एसपीमा बढुवा भएका थिए ।
२०७६ माघमा शक्ति केन्द्रबीच तानातानले चितवन जान प्रहरी अधिकारीहरू पछि हटि रहेका बेला गुरुङ अघि सरेर सफलतापूर्वक कमाण्ड सम्हालेका थिए ।
त्यसताका यो विषयले मिडियामा चर्चासमेत पाएको थियो । प्रचण्ड, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गृहजिल्ला चितवनमा गंगा पन्तलाई पठाउने निर्णय गरिएकोमा उनी त्यहाँ गइनन् । पछि गुरुङलाई पठाइएको थियो ।
पछिल्ला सरुवा, बढुवामा वरीयता र कार्यसम्पादनलाई बेवास्ता गर्दै आफन्त, राजनीतिक पहुँचका भरमा निर्णय हुन थालेको भन्दै बहालवाला अधिकारीले खुलेर विरोध जनाउने क्रम बढेको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083