पर्यटन मन्त्रीको पशुपति सरसफाइ अभियानमा वाइसीएलको साथ !

5.02K
shares

काठमाडौं । ‘स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति’ भन्ने मुला नारा बोकेर केही दिन यता प्रत्येक शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरु गरेको अभियानमा वाइसीएल नेपाल सहभागी भएका छन् ।

माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल(वाइसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीको नेतृत्वमा मन्त्री किराँतीले संचालन गरिरहेको उक्त सरसफाइ अभियानमा वाइसीएलको टोली सहभागी भएको थियो ।

पशुपतिको करातेश्वर आसपासमा विहान ठिक ०८:०० बजेदेखि १०:३० सम्म वाइसीएलका दर्जनौं नेता कार्यकर्ताहरु कुचो र झाडु बोकेर त्यहाँ पुगेको वाइसीएल प्रचारप्रसार विभाग प्रमुख नवराज आयरले मुक्ति खबरलाई जानकारी गराए ।

मन्त्री किराँतीले शुरु गरेको तीन महिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक देखिएको छ । यस अभियानमा सरसफाइ संगै वृक्षरोपण समेत गरिएको छ । प्रत्येक शनिवार बिहानको समयमा गरिने यो अभियान फागुन २८ गतेदेखि शुरु गरिएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083