गाेङ्गबुकाे सगरमाथा कम्प्लेक्समा जग्गा धनिकाे दादागिरी !
वि.सं.२०८० वैशाख १५ शुक्रवार २३:२८
shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ गाेङ्गबु क्षेत्रस्थित पवित्र नगरमा रहेकाे सगरमाथा कम्प्लेक्स यतिबेला विवादमा तानिएकाे छ ।
लुटधन्दा पनि कस्ताे अचम्म ! कम्प्लेक्स भित्र रहेका प्रत्येक सटरबाट भाडा असुल्ने अनि खालि गर भन्दै धम्कि दिने ? सगरमाथा कम्प्लेक्सकाे जिम्मेवारी लिएका चम्पाकेश्वर काष्ठ सप्लायर्सका प्राेप्राईटर रमेश गमाल र ब्यापार ब्यवसाय गर्दै आएका ब्यापारीहरुबिच १० बर्ष त्यहि कम्प्लेक्स भित्रै ब्यापार ब्यवसाय गर्न पाउने भन्ने सहमति भयाे, त्यहि सहमति अनुसार ब्यापारीहरुले आफ्नो ब्यापार पनि लगानी गरेर ब्यवसाय संन्चालन गर्न थाले । तर, सहमति भएकाे एक/ दुई बर्ष नपुग्दै सटर खालि गर भन्दै ब्यापारीहरुमाथि दबाब दिन थाले । त्यसरी दबाब दिन थालेपछि केहि ब्यापारी रामकुमार मिश्र लगायतले काठमाडौ जिल्ला अदालतमा सगरमाथा कम्प्लेक्स र चम्पाकेश्वर काष्ठ सप्लायर्स प्राेप्राईटर रमेश गमाल बिरुद्ध मुद्दा दर्ता गरेपछि याे मुद्दा बिचाराधिन अवस्थामा रहेकाे छ ।
हेर्नुस् चम्पाकेश्वर काष्ठ सप्लायर्सका प्राेप्राईटर रमेश गमाल र ब्यवसायिबिच भएकाे सहमति पत्र

धनाढ्य निर्मल गुरुङकाे संरक्षणमा रहेकाे कम्प्लेक्स भित्रै दादागिरी शैलिमा त्यहाँ ब्यापार ब्यवसाय गर्दै आएका ब्यापारीहरुमाथि गुरुङ पक्षका केहि ब्यक्तिहरुले गैरकानुनी रुपमा तत्काल सटर खालि गर भन्दै धाक धम्कि दिदै ब्यापारीहरुकाे सटरमा ताला समेत लगाई दिएका छन् । करिब ७० वटा सटर रहेकाे त्याे कम्प्लेक्स भित्र यतिबेला ४०/४५ वटा मात्रै सटरहरु सन्चालनमा रहेका छन् । ब्यापारीहरुकाे सटरहरुमा ताला लगाई दिने भन्दै बारम्बार दैनिकजसाे मानसिक टचर दिने गरेकाे कुरा ब्यापारीहरुले बताए ।
बिगत केही बर्ष अगाडीदेखि ब्यवसाय गर्दै आएका ब्यापारीमाथि भएकाे त्याे अन्यायबारे हाम्रो मिडिया बुझ्न जाँदा त्यहाँ अवस्थित केहि ब्यापारीहरुकाे संक्षिप्त भनाई हामीले जस्ताकाे तस्तै उल्लेख गरेका छाै ।
बिग थकाली चुलाे सन्चालन गर्दै आएकी संचालक कविता शेरचन श्रेष्ठले भनिन, ‘केहि दिन अगाडि मात्रै आएर सटर खाली गर भन्दै धम्कि दिदै बारम्बार मानसिक टचर दिएकाे कुरा बताईन् । जबकि हामीले सहमति गरे अनुसार नै हाेटल संचालन गर्दै आएका छाै मासिक रुपमा भाडा पनि तिर्दै आएका छाै तर अहिले हामी माथि अन्यय भयाे हाम्रो हाेटलकाे ढाेका र हाेटल भित्रकाे सिसा समेत फुटाई दिएर गए, अन्यमा पर्यौ हाम्रो हाेटलमा भएकाे घटनाकाे क्षतिपूर्ति दिन सम्बन्धित निकाय समक्ष उनले माग गरेकी छिन् ।
त्यसै अर्को कपडा पसल संन्चाल गर्दै आएकी रिना श्रेष्ठले पनि आफ्नाे दुखेसाे यसरी पाेखेकि छिन, ‘विगत लामाे समयदेखि नै हामीले यहाँ ब्यापार गर्दै आएका हाै हामीले भने अनुसार नै मासिक रुपमा भाडा पनि बुझाएका छाै, तर हामी माथि अन्याय भएकाे छ । हामिले यहाँ १० बर्ष ब्यवसाय गर्न पाउनुपर्छ भनि सम्झाैता पनि गरेका छाै तर, सम्झौता विपरित शक्तिको आडमा सटर फाेरि गुन्डागर्दी शैलिमा प्रहरी प्रशासन र केहि मिडिया ल्याएर सटरमा ताला लगाएर गएका छन् । हामी अब कानुनी प्रक्रियामा जाने छाै हामी माथि भएकाे अन्याय बिरुद्ध लड्ने छाै, हामीले न्याय अवश्य पाउनुपर्छ उनले भनिन् ।
त्यसै गरी अर्को ब्यवसायी रामकुमार मिश्रले भने हामी माथि ठुलाे अन्याय भयाे, ठुलाे धाेका भयाे सगरमाथा कम्प्लेक्सका संचालकले गुण्डा प्रयाेग गरी हाम्रो पसलमा आइ ताला लगाई धम्कि दिएर गए । उनले भने जबकि काठमाडौ जिल्ला अदालतमा सगरमाथा कम्प्लेक्स र चम्पाकेश्वर काष्ठ सप्लायर्स प्राेप्राईटर रमेश गमाल बिरुद्ध मुद्दा समेत दर्ता गरेका छाै याे मुद्दा बिचाराधिन रहेकाे कुरा उनले बताए ।
यसरी समग्र बिषयबस्तु र घटनाक्रमलाई हेर्दा सगरमाथा कम्प्लेक्सका संचालक र चम्पाकेश्वर काष्ठ सप्लायर्सका प्राेप्राईटर रमेश गमालले नै ब्यवसायीहरुलाई दु:ख दिन थालेकाे कुरा प्रश्ट भएकाे छ । अहिले पिडित ब्यवसायीहरु न्याय खाेज्दै भाैतारिदै हिडि रहेका छन्, तर राज्य प्रशासन भने माैन रहेकाे छ ।






























