मिटरब्याजी उर्वशी भण्डारी र दिप सागर श्रेष्ठको यस्ताे छ ठगी धन्दा !

26.14K
shares

काठमाडौ । केही आकर्षक ब्याजको लोभमा मिटरब्याजीहरुको लुट धन्दा देशभरी नै चलिरहेको छ । तराई भनाै या अन्य जिल्लाका मिटरब्याज पीडितहरू न्यायका लागि काठमाडौंमा संघर्ष गरिरहेका बेला काठमाडौं भित्रै मिटरब्याजको संन्जाल फैलिएकाे छ ।  मिटर ब्याजिहरुले महङ्गोमा अरुलाई ऋण दिने र दैनिकी रुपमा ब्याज असुल्ने गरेकाे तथ्य बाहिरिएकाे छ।  सबै मिटरब्याज पीडितहरुले उजुरी गर्न सक्दैनन् यदी उजुरी गर्ने आँट गरे भने पनि उजुरी लिन प्रहरीले नमानेकाे घटनाहरु यथावत कायम नै छन् । यसरी वास्तवमा मिटरब्याजीहरूको पहुँच भने उच्च तह सम्म हुने गरेकाे छ ।

काठमाडौंका कतिपय ठूला या साना व्यवसायीहरु मिटरब्याजमा ऋण लिन बाध्य छन् ।  तराईका मिटरब्याज पीडितहरूले न्याय चाहियो भन्दै गर्दा काठमाडौंका मिटरब्याज पीडितहरुले पनि आज भाेलि न्याय खोज्न थालेका छन् । मिटरब्याजमा परी हाल धैरै मानिसहरु मिटरब्याजकाे सिकार बनि रहेका छन् । दशै भरि मिटरब्याज बिरुद्ध आन्दाेलन निरन्तर चलि नै रहेकाे छ । काठमाडौ बाहिरका जिल्लाहरुबाट आएर  दैनिक जसाे काठमाडौमा निरन्तर आन्दोलन जुलुस मिटरब्याज बिरुद्ध चलि नै रहेकाे छ । यहिबिच काठमाडौमा पनि मिटरब्याजकाे सास्ति भने उत्तिकै छ। गैरकानुनी रूपमा मिटरब्याज असुल गर्दै ठगी गर्ने एउटा गिरोह केहि  दिन अघि मात्रै  काठमाडौंबाट प्रहरीको फन्दामा परेको छ।  शंखरापुर नगरपालिका वडा नम्बर ९ ईन्द्रेणी थली घर भएकी  बर्ष ३८ कि उर्वशी भण्डारी हुन् ,यिनकाे ब्यवसाय भनेकाे मिटरब्याजमा पैसा लगाउने  अनि ब्याज असुल्ने यिनकाे मुख्य काम रहेकाे छ । उनी आफुलाई ११ रोपनीको मालिकनि हूँ भन्दै काठमाडौंका  साना या ठुला व्यावसायीहरुलाई मिटरब्याजमा पैसा लगाउँछिन्, अनि उल्टै फसाउँछिन् ।

उनले हरेक ब्यक्ति व्यवसायीहरुलाई मिटरब्याजको फन्दा पारेकी छिन्। मिटरब्याजको फन्दामा पर्ने मध्यकी एक हुन्  निलम लामा गुरुङ घिसिङ ! उनले मिटरब्याजी उर्वशी भण्डारीबाट बुटिक पसल संचालन गर्नको लागि २०७६ सालमा १३ लाख लिएकाे बताउदै  त्यसको व्याज मात्रै पटक पटक गरेर ३८ लाख रुपिँया मिटरब्याजी भण्डारीलाई बुझाएको दावी गरेकी छन् । भण्डारीलाई निलमले ३८ लाख तिरिसक्दा पनि पुगेन  ऋण लिनु अगाबै निलमसँग  ४ ओटा खाली चेक लिएकाे कुरा उनले बताईन् । (सिर्दाथ बैंक ,गरिमा विकास बैंक, (Nic Asia bank )र prabhu bank) को खाली चेक भण्डारीले लगेकाे कुरा अवगत गराउदै चार ओटा बैंककाे चेकमध्य सिर्दाथ  बैंककाे साईन नगरेको खालि चेक समेत लगेकाे बताईन् ।  विश्वासको आधारमा चेक दिए तर विश्वास घात भयो उनले -भनिन् । भण्डारीले तेहि खालि चेककाे फाईदा अहिले असुली रहेकी छिन् । मिटरब्याजी उर्वशीले निलमसँग लिएको खाली चेकमा ६० लाख १६ हजार रुपयाँ दीपसागर श्रेष्ठको नाम राखेर भरेकाे कुरा पिडित निलमले भनिन् । यस्तो असुली धन्दामा सक्रिय मिटरब्याजी भण्डारी यति सम्म चलाख छिन्  कि आफुले अरुलाई मिटरब्याजमा ऋण दिदा चेक मार्फत कारोबार गर्ने गरेको र आफुले लिदा चाँहि हाता हातै लिने गरेको निलमले बताइन् । बैंक  मार्फत बुझाउछु भन्दा खेरि आफु बैंक जान नभ्याउने होटलमा पैशा  लिएर आउनु भन्ने र उसले जसलाई बुझाउन भन्छिन् उसैलाई बुझाउनु पर्ने बाध्यता सुनाउदै प्राय दिप सागर श्रेष्ठकाे चावहिलमा रहेकाे एनसेल सिम काड रिचार्जकाे अफिसमा लगेर पैशा बुझाउने गरेकाे बताईन् । ऋण लिएपछि सुरुमै खाली चेक लिने, आफुखुशी आफुले चाहेजति पैसा भर्ने त्यसअनुसार नदिए चेक बाउन्स गर्ने धक्काउने, प्रहरीकोमा जाने, मुद्दा लगाउने जस्ता धक्कीले असह्य भएको उनी बताउँछिन् ।

त्यस्तै अर्को पिडित हुन् सम्पुर्ण घर्ती मगर ! 

आजभोलि उनलाई मिटरब्याजको पैसा भन्ने बितिकै डर लाग्न थालेको छ । मिटरब्याजी उर्वशी भण्डारीकाे कारणले गर्दा धेरै दुख भोगेको उनले बताईन् । २०७६ सालबाट मगरको मिटरब्याजी भण्डारीसँग कारोबार सुरु भयो । उनले सुरुमा ३५ लाख लिएको त्यसको ब्याज समेत गरेर पटक पटक  ९३ लाख बुझाएको बताईन् ।६४ लाख रुपियाँ सनराईज बैंक मार्फत बुझाएको र अन्य चाहिँ प्रत्यक्ष भेटघाट मार्फत नै कारोवार भएको हो, उनले भनिन् ।

No description available.
होटल ब्यावस्थापनको लागि ३५ लाख रुपियाँ लिएकी मगरले ९३ लाख रुपियाँ उर्वशीलाई बुझाईन् । त्यतिले मात्र पुगेन अझै असुल्न पर्ने भयो मिटरब्याजी उर्वशीलाई ! मगरले कारोबार गर्ने बेला दिएको खाली चेकमा आफैले मन लागेको रकम राखेर ५० लाख, ६८ लाख पनि भरेर चेक बाउन्स गर्न काठमाण्डौं जिल्ला प्रहरी कार्यलय टेकु पुगिन्, तर संयोगबस मुद्दा भने दर्ता हुन सकेन। यसरी मिटरब्याजी ठगहरु झन् शक्तिशाली बन्दै गएपछि मिटरब्याज पीडितहरुलाई साससम्म फेर्न झनै गाह्रो हुन थालेको छ ।

मिटरब्याज पीडितहरु मध्यकी अर्की हुन् : कबिता सुब्बा !

उर्वशी भण्डारीसँग उनले ३ लाख ऋण लिएकाे दाबि गर्दै त्यस बापत उनले ब्याज सहित ७ लाख रुपैयाँ तिरिसकेको उनी बताउँछिन्। ऋण लिएकाे समयमा बिश्वासले श्रिमान श्रिमतिकै चेक भण्डारीलाई दिएकाे कुरा अवगत गराउदै श्रिमानकाे नाममा रहेकाे चेकमा चाहि रुपेश खड्काकाे नाममा ३ लाख रुपैयाँ भण्डारीले भरेकाे र मेराे चाहि खालि चेक नै भण्डारीले लगेकाे कुरा बताईन् । त्यहि चेककाे दुरुपयोग गर्दै भण्डारीले चेक बाउन्समा जाने धम्की दिएको पिडित सुब्बाले बताईन् ।

त्यस्तै अर्की पिडित हुन् : निर्मला कार्की! 

यिनकाे पनि बिषय उस्तै छ  २०७९ सालमा भण्डारीसँग ११  लाख रुपैयाँ ऋण लिएकाे कुरा स्विकार्दै त्याे ऋण  लिदा  खेरि बिश्वासले एउटा खालि चेक दिएकाे कुरा बताईन् ।  जबकि ऋण लिए पछि ११ लाखकाे त चेक दिप सागर श्रेष्ठकाे नाममा चेक भरेर दिएकाे थिय त्याे त ठिकै छ ब्याज सहित त्याे चेकमा उल्लेख गरेकाे भन्दा बढि रकम बुझाएकाे कुरा बताईन् । तर समस्या त्याे खालि चेक दिएकाेले निम्तिएकाे कुरा अवगत गराउदै त्यहि खालि  चेककाे  दुरुपयोग भण्डारीले गरेकाे बताईन्। अन्तत : इटहरीको कालोबन्जारमा रहेको ६३ कठ्ठा जमिन मिटरब्याजी उर्वशी भण्डारीले कब्जा गरिन् । त्यस लगत्तै करिब १ कराेड ७ लाख  मुल्यमा  अर्को ब्यक्तिलाई त्याे जग्गा समेत बेच्न सफल भएकाे बताईन् ।

रविन डागीँ र शर्मिला कडेल उनिहरु श्रिमान श्रिमति हुन् ।

अरु पिडितहरुको भन्दा फरक पीडा छैन उनिहरुको पनि ! उनीहरुले २०७७ सालमा भण्डारीसँग १४ लाख ऋण लिएका थिए। तर त्याे लिएकाे ऋणले घर न घाटकाे हुन पुगेको बताए । जब कि उनले १४ लाख रुपियाँ लिए बापत ३५ लाख सनराईज बैंक मार्फत काराेबार मिलाई सकेको बताउछन्। तर अहिले भण्डारीले अझै फेरि ३० लाख  दिनु पर्छ भन्दै मानसिक टचर दिन थालेको कुरा बताए । फेरि समस्या माथि समस्या थपिएकाे भन्दै कारोवारको सुरुवातीमा उनिहरुले दिएको त्याे खाली चेककाे दुरुपयोग गर्दै उर्वशीले ८४ लाख रुपियाँ आफुखुसी भरि बारम्बार बिभिन्न खालका धम्कीहरु दिदै मानसिक टचर दिएकाे बताए । त्यस पछि उर्वशिकाे ध्यान अब त्याे उनिहरुकाे मोरङमा रहेको जग्गामा गयो र तत्कालै उर्वशी भण्डारीले खेल सुरु गरिन जग्गा रोक्का तिर अन्तत अहिले मोरङको रमाइलोमा रहेकाे उक्त जग्गा  रोक्कामा छ । जग्गा फिर्ता गर्न अझै थप पैसा मागिरहेको बताउदै सरकारले जग्गा फुकुवा गरिदिए र बाकीँ उनले आफुखुसी भरेको खाली चेक रद्द गरिदिए मन शान्त हुने कुरा बताएका थिए ।

मिटरब्याज पीडितहरु मध्यकी अर्की हुन् : नानु रायमाझी !!

उनले पनि उर्वशी भण्डारीसँग २०७९ सालमा १० लाख रुपियाँ लिएकि थिईन् । त्यस बापत उनीले ब्याज सहित २० लाख रुपैयाँ तिरि सकेको उनी बताउँछीन्। तर ऋण लिएकाे बेला बिश्वासले भण्डारीलाई  (Nic Asia Bank) र (सिटिजन बैंक) काे दुई ओटा खाली चेक दिएकाे  कुरा अवगत गराउदै त्यहि चेककाे दुरुपयोग गर्दै भण्डारीले चेक बाउन्समा जाने धम्की दिएको पिडित रायमाझीले बताईन् ।

मिटरब्याज पीडितहरु मध्यकी अर्की हुन् :  पुतली कुमारी थापा! 

उर्वशी भण्डारीसँग २०७९ सालमा २ लाख ऋण लिएकाे दाबि गर्दै त्यस बापत उनीले ब्याज सहित ७ लाख रुपैयाँ तिरि सकेको उनी बताउँछिन्।

त्यस्तै अर्की पिडित हुन् :  दिपा कार्की !

उर्वशी भण्डारीसँग २०७७ सालमा १२ लाख रुपियाँ लिएकाे बताउदै  त्यसबापत उनीले ३३ लाख रुपैयाँ तिरिसकेको उनी बताउँछिन्। उनले कारोबार गर्ने बेला ३ ओटा खाली चेक विश्वासले उर्वशि भण्डारीलाई दीएकाे कुरा बताउदै तर त्याे बेला  उनलाई दिएकाे चेकले गर्दा अहिले आफु समस्यामा परेकाे बताईन् । ओसिन डान्सबारलाई  प्रयाेग गर्दै  उर्वशीलेओसिन डान्सबारकाे नाममा (GLOBAL IME BANK ) काे एउटा खालि चेकमा आफैले मनलाग्दी रुपमा १ कराेड २५ लाख रुपियाँ  भरेकाे कुरा उनले बताईन् । उर्बशि लगाएत ओसिन डान्सबारले अहिले लगातार बारम्बार मानसिक टचर दिन थालेकाे उनले बताईन् ।

No description available.

मिटरब्याज पीडितहरु मध्यकी अर्की हुन् : सिता लिम्बु !

काठमाडौकाे कपन चाेकमा सामान्य फलफुल पसल संचालन गर्दै आएकी सिता लिम्बु अहिले  न्यायकाे लागि भाैतारिदै हिडेकि छिन् । उनकाे कथा ब्यथा पनि उस्तै छ २०७९ सालमा  उर्वशी भण्डारीसँग ४ लाख रुपैयाँ ऋण लिएकाे कुरा बताउँदै त्यसबापत साउँ ब्याज सहित १० लाख रुपैयाँ बुझाई सकेकाे बताईन्। त्याे काराेबार भएकाे बेला  विश्वासले ( माछापुच्छ्रे बैंक र एनएमबी बैंक) काे २ ओटा  खालि चेक भण्डारीलाई दिएकाे कुरा बताउदै अहिले त्याे चक प्रयाेग गर्दै हामि माथि बिभिन्न प्रकारका धम्किहरु दिन थालेका छन्  हामि ठुलाे अन्यायमा पर्यौ हामिले तिर्नुपर्ने रकम सबै तिरि सकेका छाै  उर्वशि भण्डारीसँग भएकाे त्याे खालि चेक हामिलाई फिर्ता चाहिएकाे छ, उनले भनिन् ।

No description available.

एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ  ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने उर्वशीको धन्दाले धेरै मानिसहरु पिडित भएका छन् । पीडित हुनेमा पनि फरक-फरक खालका ठगीमा उनीहरू परेको देखिएको छ। त्यस्तै कसैलाई ऋण दिने त्यसपछि जग्गा रोक्का राखिदिने र मिति तथा रकम नलेखेको चेकमा हस्ताक्षर गराएर उर्वशीले राखिदिएको पीडितहरुको गुनासो छ। त्यस्तो गर्नेहरूले जग्गा फिर्ता माग्दा यति रकम दिने भए जग्गा फिर्ता दिन्छु नत्र खाली चेकमा जति भन्यो त्यति रकम भरेर बैङ्किङ कसुरमा फसाइ दिन्छुू भन्ने धम्की दिने गरेको पीडितहरुको गुनासो रहेकाे छ।

यसरी समग्रमा अन्तत : घटना बिषयबस्तुलाई बुझ्दा खेरि  मिटरब्याजि उर्वशी भण्डारीले धेरै मानिसहरुकाे परिवारलाई घर न घाटकाे बनाई उठिबास नै बनाउदै आएकाे कुरा प्रश्ट भएकाे छ । उर्वशी भण्डारीको नियत नै खराब भएको प्रष्ट भएको छ । उनी विरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । उजुरी दिने मध्यबाट ५ करोड भन्दा बढी ठगीएको दावी गरेका छन् ।  उजुरी दिए लगत्तै यस्तो असुली धन्दामा सक्रिय उर्वशी भण्डारी र दीप सागर श्रेष्ठलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत ५ गते पक्राउ गरेकाे छ ।  अहिले उनिहरु सिआइबीकाे हिरासतमा छन् । मिटरब्याज सम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा कारबाही अगाडी बढाएको सिआइबी स्रोतले बताएको छ ।