सीमा क्षेत्रको अनुगमनमा खटिए चार एआइजी

4.16K
shares

काठमाडौ । सीमा क्षेत्रमा चोरीतस्करी नियन्त्रण नभएको गुनासोपछि प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई अनुगमनमा खटाएको छ।

स्थलगत रूपमा कारबाहीको अधिकारसहित चार प्रदेशमा चार एआइजीको नेतृत्वमा विशेष अनुगमन खटाइएको हो ।

कोशी प्रदेशमा टेकप्रसाद राई, मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदूरपश्चिम प्रदेशमा सुदीप गिरीको नेतृत्वमा अनुगमन खटाइएको छ ।

‘सीमा क्षेत्रबाट हुने चोरीतस्करी नियन्त्रण गर्ने अनुगमनको मुख्य जिम्मेवारीसहित उहाँहरूलाई खटाइएको हो,’ प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले भने, ‘त्यहाँ खटिएका सुरक्षाकर्मीबाट गल्ती भएको पाइए सो टोलीले कारबाही समेत गर्न सक्नेछ।’

सीमामा चोरी तस्करी नियन्त्रण नहुँदा राजश्व संकलन प्रभावित भएको गृह मन्त्रालयको गुनासोपछि प्रहरीले सक्रियता बढाएको हो। एक साताको अवधि दिएर प्रधान कार्यालयले एआइजी नेतृत्वको टिमलाई नाकाहरूमा खटाएको हो।

टोलीले आइतबारदेखि यस्तो अनुगमन गरिरहेको छ, जसक्रममा केही प्रहरी कारबाहीमा परिसकेका छन्।

सशस्त्र प्रहरी बलले पनि राजश्व छली रोक्ने उद्देश्यकै लागि आइतबार भारतसँगको नाकामा २१ वटा बोर्डर आउटर पोस्ट (बिओपी) थप गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083