नक्कली नोट सहित दुई जना पक्राउ
वि.सं.२०८० वैशाख २२ शुक्रवार १५:१८
3.22K
shares
shares

काठमाडौं । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका-७ बस्ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्ने ३२ वर्षीय सादाहय हलुवाइ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
सम्झना गहतराजले गोकर्णेश्वर न.पा. ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।






























