डीआईजी उमेश राज जोशीकै नाममा रकम असुली धन्दा !

5.21K
shares

बुटवल। यतिबेला लुम्बिनी प्रदेशका अधिकांश नदीहरूबाट ठेकेदारले नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । नदीमा ठूला–ठूला मेसिन हालेर जहाँ पायो, त्यहीबाट गिटी, बालुवा उत्खनन् गर्ने कार्य भइरहेको छ । मेसिन लगाएर नदीनाला दोहन गर्दा विगतदेखि नै कुनै मापदण्ड अपनाइएको छैन । वातावरणीय प्रभावलाई खिल्ली उडाउने काम भइरहेको छ । यस्ता उत्खनन्मा वैधानिक भन्दा चोरी तस्करको रजाइँ बढी पाइन्छ । वैधानिकता पाएकाले पनि मनपरी गर्ने गरेका छन् ।

पछिल्लो समय लुम्बिनी प्रदेशका ठूला-साना खोलानाला गिटी, बालुवा उत्खननको होड छ । यसपाली स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायको मिलेमतोमा तस्करले रातदिन नदी दोहन गरेका छन् । जसले गर्दा चोरी तस्करीकै कारण उत्खनन्को ठेक्का धेरैजसो ठाउँमा लागेन ।

उत्खनन र निकासीका लागि ठेक्का नलागे पनि रातदिन चोरी तस्करी भइरहेको छ । रुपन्दहेहीका तिनाउ, दानव, रोहिणी लगायत सबै नदीमा दिन भर ठेकेदारले उत्खनन् गर्छन् भने रातभरी तस्करी हुन्छ । चोरी–तस्करी बढेकै कारण अहिले यी नदीका धेरै ठाउँमा ठेक्का नै नलागेको कुरा स्रोतले बताएको छ ।

ठेक्का मार्फत उत्खनन गरिँदै आएको छ । त्यसको नियमन स्थानीय तहले गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिदेखि कर्मचारीको कमाईको आधार भएकाले ती निकायले आँखा चिम्लिने गरेको स्थानीय बताउँछन् ।

अहिले त चोरीबाटै खोला रित्तिएका छन् । ठेक्का लागेका नदीमा पनि घुमुवाहरूले असुली धन्दा मच्याएपछि जिल्ला र चौकीका प्रहरी निरीह छन् ।
जथाभावी नदी दोहनले मानवलाई मात्रै असर गरेको छैन, जलचर जीवजन्तु समेत नासिँदै गएका छन्। भू–क्षयको खतरा उस्तै छ । राप्ती, बबई, तिनाउ, दानव, रोहिणीले बर्सेनि खटान गर्दा नदी छेउका सयौं घर जोखिममा छन् । विगतमा कयौं घर बगे, कतिको ज्यान गयो । बर्सेनि हुने मानवीय र जनधनको क्षतितर्फ कसैको ध्यान छैन ।

राजश्व मात्रै देख्ने स्थानीय सरकार वातावरणीय प्रभावप्रति कत्ति पनि चिन्तित छैन। जथाभावी नदी दोहन गरेर गिटी–बालुवा बोकेर हिँड्ने ट्याक्टर, टिपरले पानीका धारा चुहाउँछन् । यसले राजमार्गका सडक ध्वस्त बन्दै गएको छ । जिल्ला समन्वय समिति अनुगमनको नाममा गुमनाम छ ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख उमेश राज जोशी यतिबेला विवादमा परेका छन् । आर्थिक चलखेलको लोभमा परी उनि निरिह बन्दै गएका छन् उनको साठगाँठ बढी तस्करीहरुसँग रहेको कुरा प्रहरीकै कर्मचारीहरु बताउँछन् । यसरी समग्र बिषयबस्तु घटनाक्रलाई हेर्दा खेरि लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशी अपराध नियन्त्रण गर्ने काममा भन्दा पनि कमाउ धन्दामा लागेको देखिन्छ ।

डीआईजी उमेश राज जोशीकै नाममा रकम असुली धन्दा मच्याएपछि अन्य प्रहरी पनि असुलीमै मस्त रहेका छन् । डीआईजीकै सल्लाह र संरक्षणमा नै रकम असुली धन्दामा लागेको कुरा पनि उच्च स्रोतले बताएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083