बालकृष्ण खाँणलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति
वि.सं.२०८० वैशाख २७ बुधवार १६:३३
4.54K
shares
shares

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
बुधबारै खाँण आफ्नै निवासबाट पक्राउ परेका थिए । पक्राउपछि प्रहरी परिसर टेकु लगिएका खाँणलाई बुधबारै जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अब उनी प्रहरी थुनामा रहने छन् ।
यो प्रकरणमा खाँण, सरकारका सचिवब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राईलगायत १२ जना पक्राउ परेका छन्।





























