मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी, अब महिलालाई सीईओ बनाइने

3.3K
shares

काठमाडौं । सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् ।

मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् ।

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्रनन । यद्धपी, टविटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन ।  सम्भवतः एनबीसीयु निवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ । गत डिसेम्बरमा उनले टविटरको सिइयो छाडने घोषणा गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083