माहानगरपालीका मेयर शाक्यले काम गर्न नसकेको भन्दै,छाया मेयरमा स्थापित
वि.सं.२०७५ वैशाख ६ बिहीवार १२:४४
shares

विद्यासुन्दर शाक्य
काठमाडौं । नेकपा एमाले भित्रका मेयर विद्यासुन्दर शाक्यले जनभावनाअनुसार काम गर्न नसकेको भन्दै ‘छायाँ मेयर’ कारूपमा राजेन्द्र स्थापित बनाएको जनाएको छ । काठमाडौं माहानगरपालीकाको पहिलो चरणको स्थानीय तह निर्वाचन भएको करिब एकवर्ष पुग्दा पनि निर्वाचनका बेला उमेदवारले मतदातालाई दिएको आश्वासन अहिलेसम्म पुरा गरेको भन्दै छाया मेयर बनाएको माहानगरीय अधिकृतले जनाएका हुन् ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तह नि र्वाचनमा काठमाडौंका जनताले शाक्यलाई भारी मतका साथ मेयर पदमा विजयी पनि चुनावी प्रचार–प्रसारताका नगरबासीका घर–आँगनमा पुगेर जाहेर गरेका ‘एकसय एक कार्यक्रमका प्रतिवद्धता प्रति शाक्यले बेवास्ता गरेको गुनासो काठमार्डौ बासी रहेको छ ।
मेयर शाक्यले ग्रिन द सिटी र क्लिन द सिटी अभियान सुरु गरी काठमाडौंलाई हरियाली, सफा र सुन्दर बनाउने घोषणा गरे पनि यी अभियानलाई उनले निरन्तरता दिन सकेनन् । दैनिक रुपमा उत्पादन हुने फोहोर व्यवस्थापनबारे आवश्यक कदम चाल्न नसक्दा र फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सडकमा थुप्रिएको फोहोरले काठमाडौंको सहरी सुन्दरता साथै मानव स्वास्थमा प्रतिकुल असर पार्ने गरेको छ ।
सडकका खाल्डा पुर्ने, धुलो नियन्त्रणका लागि पनि महानगरले कुनै कदम चाल्न सकेको छैन । यसका लागि महानगरपालिकाले गतवर्ष २५ करोडको ठेक्का लगाएको थियो । तर सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन बिच्छ्याउन खनेको सडक भन्दै महानगर पन्छिने काम गरेको छ ।



























