विश्वकप छनोटको लागि नेपालको प्रारम्भिक टोली घोषणा

3.19K
shares

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलकाे  कप्तानीमा विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीले मंगलबारबाट टिमको तयारी सुरु गर्नेछ ।

भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । जसमा टेष्ट मान्यताप्राप्त चार राष्ट्र र एसोसिएट ६ टिमले खेल्नेछन् ।

नेपालको २२ सदस्यीय टोली-

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा ।


divya collage
unigloble collage