यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी

3.97K
shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सोमबार बुझाइएको प्रतिवदेनमा ३२ जना उपर मुद्दा चलाउनुपर्ने सिफारिस गरिएको छ ।

यस प्रकरणमा प्रहरीले फरार रहेकाहरूको सूची पनि बुझाएको छ । फरार रहेका प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

त्यस्तै, बयानमा पोलिएका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहित २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि सिफारिस गरिएको छ । मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना वकिलहरू खटिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083