नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८० जेठ ९ मंगलवार १८:१९
6.05K
shares
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।
काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परेका छन् ।
































