लिग बिजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित

4.33K
shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

प्रियिमय लिग बिजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो।

ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको  पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो र दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन । बरु, खेलेको ८५औं मिनेटमा इथान पिननकले गोल गरिदिए । उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो ।

अन्ततः सो पछि कतैवाट गोल हुन नसके पछि  बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो । ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुईपटक पराजित गरेर रेकर्ड कायम राख्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083