नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा

4.63K
shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेकय प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रेस विज्ञप्ति

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई ÷ दुई पटक पारित भएर पनि विगत लामो समय देखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज महामहिम रास्ट्रपति ज्युद्वारा संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक हो । यस्ले खास गरि राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पिडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धि धेरै हदसम्म समस्याको समाधान गर्नेछ । यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सवैलाई हार्दिक धन्यवाद ।

महन्थ ठाकुर
अध्यक्ष


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083