चिनियाँ नेतालाई प्रचण्डको सन्देश : छिट्टै बेइजिङ आउनसक्छु

3.29K
shares

काठमाडौं । चीन भ्रमणबाट फर्किएको नेकपा माओवादी केन्द्रको टोलीले भ्रमण सफल र उपलब्धिमुलक भएको बताएको छ ।

उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोली बिहीबार साँझ मात्र नेपाल फर्किएको थियो । त्यसको भोलिपल्ट शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले दुई पार्टीका सम्बन्ध विकासमा कुराकानी भएको बताए ।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश चिनियाँ नेताहरुसमक्ष राखिएको छ ।

चीन उड्नु अघि प्रधानमन्त्रीलाई भेटेको भन्दै उनले भने, ‘के सन्देश छ त भनेर सोधे भने मैले उहाँहरुलाई के भनौं भनेर सोध्दा जुलाइ लास्ट वा अगष्टको फस्टतिर चीन भ्रमणको सम्भावना छ ।’

उनले अघि भने, ‘दोस्रो, बीआरआई अन्तरगत अहिले सस्तो ब्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा भए विकास निर्माण अगाडि बढाउन सजिलो हुन्छ भन्ने थियो ।’

यही सन्देश आफूले चिनियाँ नेताहरुसँग राखेको उनले बताए । चिनियाँ नेताहरुले हुन्छ त नभनेको, तर मन्त्रीले माथि भन्छौं भनेकाले सकारात्मक मानेको सापकोटाले सुनाए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083