प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला

4.46K
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ । भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् ।

सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन् । तर, उनीहरु होहल्ला भने गरिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083