शरणार्थी प्रकरण : सचिव पाण्डेलाई शर्त राखेर छाड्न माग

3.61K
shares

काठमाडौं । कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा पूर्व महान्यायाधिवक्ता श्रेष्ठले भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझै गरी मुद्दा चलाइयो । शंका लागेको कुरा पनि प्रमाण हुन्छ र ?’

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटी मागे हुने बताए ।

‘मान्छे मारेको केस होइन, केही होइन’ उनले भने, ‘थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’

इजलासलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई झै शर्तसहित छाड्ने सक्ने भन्दै उनले उच्च अदालतबाट भएको आदेश सर्वोच्चबाट सदर भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083