जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाहीको चेतावनी
वि.सं.२०८० जेठ २९ सोमवार १७:०२
shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो ।
सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भएरगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी समेत दिइएको छ ।
महाशाखाद्वारा परिपत्रमा भनिएको छ,‘ सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोष्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्नरगराउन निर्देशानुसार अनुरोध गरिएको छ ।’
सुपरीवेक्षकीय कार्यालयबाट आ–आफ्नो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेशरनिर्देशनको परि– पालना भएरनभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्नरगराउन समेत निर्देशन दिइएको छ । महाशाखाका प्रमुख एसएसपी शेखर खनालद्वारा हस्ताक्षरित परित्रपमा पटकपटकका निर्देशन उल्लंघन गर्दा ‘चेन अफ कमाण्ड’ नभएको र कार्यालय प्रमुखले समेत विशेष चासो लिई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।
महाशाखाले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालयकै सबै विभाग, ब्यूरो, निर्देशनालय र महशाखा हुँदै सबै प्रहरी कार्यालयहरूमा परिपत्र जारी गरेको छ ।
विज्ञप्तीसहित

































