‘चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन’ : परराष्ट्रमन्त्री साउद

3.41K
shares

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् ।

मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकन पश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले चित्रहरु विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको बताए।

उनले युगलाई भावि पसस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए। उनले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताए।

साउदले भने, ‘नेपाल सरकारले कलाकारहरुलाई सम्मान अन्तरहृदयबाट दिन्छ।त्यसलार्य अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ। मानिसले चित्रहरु विलासिताका वस्तुहरु हुन् भन्छ, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन्। चित्र युगका प्रतिविम्व हुन्। हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावि पिढीले हाम्रो मूल्यांकन गर्नेछ।’ परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083