हर्क साम्पाङ विरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी

4.1K
shares

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङ विरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

धरान खानेपानी बोर्डको सदस्य मात्र रहेका साम्पाङले नियम विपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यद्यपी धरान खानेपानी बोर्ड अध्यक्ष विहीन रहेको छ ।

हर्क विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083