काठमाडौं महानगर भित्र हिन्दी फिल्म चल्न नदिने बालेन शाहकाे घोषणा
वि.सं.२०८० जेठ ३२ बिहीवार २३:३८
6.36K
shares
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।
बिहीवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म हिन्दी फिल्म चल्न नदिने जनाएका छन् ।
उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’



















