समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

4.68K
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले समाजवादी मोर्चामा सामेल हुने औपचारिक निर्णय गरेको छ ।

शुक्रवार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो।बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको जानकारी दिए।

उनले भने, ‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चा घोषणा गर्न केही दिन लाग्ने देखियो । हामीले टुंगाइसकेका छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरुमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादीसहित नेकपा माओवादी केन्द्र,  जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सहभागी हुने निर्णय गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083