चार महिनाको उपचारपछि चीनबाट फर्किए वर्षमान पुन (फोटो फिचर)
वि.सं.२०८० असार १ शुक्रवार १३:०७
8.39K
shares
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चार महिनाको स्वास्थ्य उपचारपछि चीनबाट स्वदेश फर्किएका छन् ।
चीनमा चार महिना लामो स्वास्थ्य उपचारपछि शुक्रबार पुन श्रीमती ओनसरी घर्तीसहित स्वदेश फर्किएका हुन् । शुक्रबार उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा पुगेका थिए।

स्वास्थ्यमा पूर्ण सुधार आएपछि स्वदेश फर्किएको बताएका पुनले अब सक्रिय राजनीतिमा रहने जानकारी दिए । उनी जटिल प्रकारको वंशाणुगत जन्डिस रोगबाट पीडित छन् । सोही रोग बल्झिएपछि गत १ फागुनमा उपचारका लागि चीन गएका पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
तस्वरीरमा हेर्नुहोस्







































