‘यो घटनामा म सामेल थिइनँ, म निर्दोष छु’ : बालकृष्ण खाँण

4.64K
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’

अदालतको आदेश पूरा पढ्न नपाएको बताएका उनले आदेश पालना गर्ने बताएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083