विमानस्थलमा नेता वर्षमान पुनलाई स्वागत गर्न मन्त्री देखी बिद्यार्थी नेता सम्म
वि.सं.२०८० असार १ शुक्रवार २३:०२
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चार महिनाको स्वास्थ्य उपचारपछि चीनबाट स्वदेश फर्किएका छन्।

चीनमा चार महिना लामो स्वास्थ्य उपचारपछि शुक्रबार पुन श्रीमती ओनसरी घर्तीसहित स्वदेश फर्किएका हुन् । शुक्रबार उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी माओबादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ, रामप्रसाद सापकोटा ‘दिपशिखा’, सुरेन्द्र बस्नेत लगाएत नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा पुगेका थिए।


त्यसै गरि स्वागतका लागि अनेरास्ववियू क्रान्तिकारीका तर्फबाट अध्यक्ष पञ्चा सिंह बरिष्ठ उपाध्यक्ष ईन्द्र भुषाल, महासचिव दिपेश पुन, पबन कार्की, जिपि मैनाली दुतराज तामाङ श्याम रोक्का संजय काल्धन, उपदेश यादब, सागर केसी लगाएत बिद्यार्थी नेताहरु विमानस्थल पुगेका थिए ।

स्वास्थ्यमा पूर्ण सुधार आएपछि स्वदेश फर्किएको बताएका पुनले अब सक्रिय राजनीतिमा रहने जानकारी दिए । उनी जटिल प्रकारको वंशाणुगत जन्डिस रोगबाट पीडित छन् । सोही रोग बल्झिएपछि गत १ फागुनमा उपचारका लागि चीन गएका पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

































