जिम्बाबे विरुद्ध ब्याटिङ गर्दै नेपाल
वि.सं.२०८० असार ३ आइतवार १२:४०
3.95K
shares
shares

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बाबेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।
नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उदेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोबैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमिले जनाएका छन् ।






















