समाजवादी मोर्चाको घोषणा सोमबार गर्ने सहमति
वि.सं.२०८० असार ३ आइतवार १२:४१
4.56K
shares
shares

काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।
राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।




















