नागरिकता पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप

4.78K
shares

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

मंगलबार भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083