विपद प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

4.21K
shares

सुर्खेत । विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली शुरू भए पनि सोमवारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कार्यकारी समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्ययोजना बनाएर राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘आन्तरिक मामिलामन्त्रीको अध्यक्षतामा आज कार्यकारी समितिको बैठक बस्दैछ,’ उनले भने, ‘यसमा विषयगत मन्त्रालय तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।’ कार्यकारी समितिको बैठकलगत्तै मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक बसेर त्यसलाई अनुमोदन गर्ने मन्त्री जिसीले बताए ।

आन्तरिक मामिला सचिव ध्रुव घिमिरेले मनसुन नजिकिसकेकाले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर आज बिहान ११ बजे कार्यकारी समितिको बैठक राखिएको बताए । उनले भने, ‘बैठकले विषयगत मन्त्रालय, सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनुपर्ने भूमिका निर्धारण गर्नेछ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083