उच्च अदालतको आदेशप्रति बालेन भन्छन्, : ‘फिल्म चल्दैन र चल्न दिइदैन’

4.76K
shares

काठमाडौं । हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

विपक्षीसँग छलफल गर्नको असार १२ गते दुबै पक्षलाई अदालतले बोलाएको छ । तर अदालतको आदेशसँगै काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन) ले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सजाय भोग्न तयार भएको तर फिल्म चल्न नदिने घोषणा गरेका छन्।

उनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083