नागरिकता पाउने भएपछि नागरिकता विहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद (फोटोफिचर)

4.33K
shares

काठमाडौं। नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्चलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निश्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ ।

लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार धन्यवाद दिएका हुन् ।

तस्वीरमा हेर्नुहोस्

356180627_660480189278127_3473433661983593258_n.jpg1687506999.jpg

 

 

355883428_288705123632909_7504914639528641920_n.jpg1687506993.jpg

354475948_991223512223484_2772828179725430854_n.jpg1687506990.jpg

353767834_561531732862635_6812491432187884288_n.jpg1687506984.jpg

353736750_981719199623169_7312258040646904974_n.jpg1687506978.jpg


unigloble collage
baneshwor multiple campus ad -2083