अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

5.4K
shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका  हुन् ।

भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीले सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083