टोखा ट्याक्सी इकाई गठन कार्यक्रम सम्पन्न

9.96K
shares

काठमाडौं । बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले टोखा ट्याक्सी इकाई गठन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंकाे टोखामा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सफल भएकोमा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपालले अत्यन्तै खुशी व्यक्त गरेकका थिए ।

ठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डङ्गोलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा स्थानीय बासिन्दाहरु लगायत स्थानीय ट्याक्सी चालकहरुको उत्साहजनक सहभागिता रहेको थियो।

No description available.

त्यसै गरी, उक्त कार्यक्रममा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका वरिष्ठ सल्लाहकार लगायतका पदाधिकारीहरुले टोखा इकाई गठनलाई सम्बोधन गर्दै पेशागत हकहित, मर्यादा र काम कर्तव्य साथै समाजले गरेका यस अघिका गतिविधि तथा भाबी योजना बारे प्रष्ट पारेका थिए । आज भएको टोखा ट्याक्सी इकाई कमिटी गठनबाट ज्ञानी बहादुर घिमिरेकाे अध्यक्षता मा ७ सदस्यीय पदाधिकारी चयन गरेकाे छ ।

No description available.

No description available.


divya collage
unigloble collage