‘जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन’ : अर्थमन्त्री डा. महत

3.52K
shares

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णयबाट गठबन्धन सरकार पछि हटेको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले निर्वाचन आयोगले जसरी चाहन्छ, त्यसरी नै निर्वाचन कार्यालय रह ने जानकारी दिएका हुन् ।

‘निर्वाचन कार्यालयहरु जसरी रहेका छन् त्यसरी नै रहनेछन्, त्यसलाई अझ सबल बनाउन के प्रबन्ध गर्न सकिन्छ भन्ने कुरामा सरकार तयार छ’, उनले भने, ‘याे खारेजी हुँदैन, जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयाेगले राख्न चाहन्छ त्यसरी नै रहन्छ।’

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने आफूहरूको मनसाय नभए पनि बजेट वक्तव्यमा पर्न गएको जिकिर उनले गरे ।

‘कार्यालय नै खारेजी नै भनेका थिएनाैँ, तैपनि त्यहाँ खारेजी शब्द पर्न गयाे’, उनले भने, ‘तत्कालको अवस्थामा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन एकाइ रहने भन्ने आशयले आएकाे थियो।’ जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति सांसदले तीव्र विरोध जनाएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083