“कवाज प्रशिक्षक पुनर्ताजगी” दोस्रो समूहको तालिम सम्पन्न
वि.सं.२०८० असार १५ शुक्रवार १६:१३
shares

काठमाडौ । आर्थिक वर्ष २०७९/०८० को तालिम क्यालेण्डर अनुसार २०८० असार /०७ गतेदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ४२ औँ कार्य दिन अवधिको आवासीय कवाज प्रशिक्षक/ प्रशिक्षण पुनर्ताजगी तालिम दोस्रो समूहको बिहिबार प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरीका बाह्य प्रशिक्षकहरुले कवाजका माध्यमबाट प्रहरी कर्मचारीहरुमा अनुशासन,Chain of Command, Team Building जस्ता कार्यहरु गरी व्यवसायीक र गुणस्तरीय एवं दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए।

त्यसै गरी प्रशिक्षकको भूमिकामा कार्यरत रहदा सदैव कुशल, व्यवसायिक र धैर्यवान प्रशिक्षकको रूपमा कार्य गर्न समेत निर्देशन दिएका थिए ।
उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह(निर्देशक प्र।व।उ। मधुसूदन लुइँटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र।व।उ दिपेन्द्र जि।सी। लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
साथै तालिम संयोजक प्रहरी निरीक्षक नर बहादुर साउँदले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तस्वीरमा हेर्नुहोस्






































