काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षणमा एआईजी ज्ञवाली

7.29K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीले शुक्रबार काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण त्रिपुरेश्वरको निरीक्षण गरेका छन् ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले उपत्यकाको सुरक्षाको लागि जुनसुकै समयमा खटिन पर्ने हुँदा हरदम तयार रहन निर्देशन हुन् ।

May be an image of 5 people and text

मानव अधिकारको बिषयमा सदैव संवेदशील भई भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग गरी व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु हुँदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्न समेत ज्ञवालीले निर्देशन दिएका थिए ।

निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिएका थिए।

May be an image of 10 people

May be an image of 10 people, train, crowd and text

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083