पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

4.63K
shares

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । सोही मुद्दाको आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।